देश विदेश

महिलालाई मारेर मुटु निकाले, आलुसँग पकाएर अरुलाई खुवाए, त्यसपछि खानेहरुलाई मारे

शेयर गर्नुहोस्

काठमाडौं। एक व्यक्तिले छिमेककी एक महिलाको हत्या गरेर उनको मुटु निकाले । त्यसपछि उनले त्यो मुटुलाई आलुसँग मिसाएर पकाए । पाकेको मुटुलाई अरु मानिसलाई खुवाए । त्यसपछि ती खाने मानिसहरुलाई पनि मारे । अमेरिकाको ओक्लाहोमाको चिकासामा भएको यो भयानक घटनाका अभियुत्तःले आफ्नो अपराध स्वीकार गरेको द ओक्लाहोमनले लेखेको छ

प्रहरीले बताएअनुसार यो जघन्य अपराध लरेन्स पल एन्डरसन नाम गरेका व्यक्तिले गरेका थिए। लरेन्सले आफ्नो छिमेकी महिलालाई मारे र उनको शरीर काटेर मुटु बाहिर निकाले । । त्यसपछि उनले त्यो मुटु लिएर आफ्ना काकाको घर आए । काकाको घरमा उनले त्यो मुटुलाई आलु मिसाएर पकाए । खाना पकाएपछि उनले आफ्नो काका र काकीको अगाडि आफूले पकाएको मुटु र आलुको परिकार खानका लागि राखिदिए ।

त्यसपछि लरेन्सले आफ्नो काका र उनकी चार वर्षीया नातिनीको हत्या गरे। सानीमालाई दुवै आँखामा चक्कु प्रहार गरेका थिए तर उनी गम्भीर रूपमा घाइते भए पनि बाँचिन् । उनैले प्रहरीलाई खबर गरेकी थिइन् । लरेन्सको जघन्य हत्याको कथा ओक्लाहोमा प्रहरीले चिकाशाको ग्रेडी काउन्टी कोर्टहाउसमा सुनाएको थियो । प्रहरीले अदालतमा पेश गरेको वारेन्टमा लरेन्सले छिमेकी महिलाको मुटु निकालेर आलु मिसाएर पकाएको कुरा लेखिएको थियो।

पुलिसले पेश गरेको रिपोर्टअनुसार उनले आफ्ना आफन्तहरुको मनभित्रबाट सैतानलाई निकाल्न भन्दै मुटु पकाएर खान दिएको उल्लेख गरिएको थियो । लरेन्सले फेब्रअरी ९ मा यो जघन्य अपराध गरेका थिए । घटनाको एक हप्ताअघि मात्रै लरेन्स अर्को अपराधमा सजाय काटेर जेलबाट बाहिर आएका थिए । ओक्लाहोमाका गभर्नर केभिन स्टिटले उनलाई जेलबाट निकाल्ने अनुमति दिएका थिए ।

लरेन्स पल एन्डरसनलाई लागूऔषध सेवन गरेको अभियोगमा सन् २०१७ मा २० वर्षको जेल सजाय सुनाइएको थियो। उनले आफ्ना सबै अपराधहरू अदालतमा स्वीकारेका छन् । अदालतले उनलाई फेरि जेल पठाएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/02/230078/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *