प्रवास

पत्रकार युरोप शाखाको ५२ औॅं शृंखलामा दलित समुदायबाट डा. हरुको सहभागिता

शेयर गर्नुहोस्

द्रोण रिजाल, नेदरल्याण्ड्स , पत्रकार महासंघ युरोप शाखाले ५२ औँ श्रिन्खला फेब्रुवरी २५ तारिखका दिन उपेक्षित, उत्पीडित बर्गको बिषयमा अन्तर्कृया सम्पन्न गरेको छ | समुदायबाट उपेक्षित, उत्पीडित भनिएका दलित समुदायबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल स्वास्थ्यकर्मी मुसहर समुदायबाट पहिलो मेडिकल अधिकृत डा. दिलिप कुमार मुसहर र चमार समुदायबाट एमबिबिएस अन्तिम बर्षमा अध्ययनरत विद्यार्थी रामजी राम चमार सँग युरोप शाखाले लाईभ अन्तर्कृया गरेको हो |

दलित भएकै कारण समाज र उपल्लो समुदायहरुले बिभिन्न ठाउँमा अपहेलित हुनुपरेको तितो अनुभब राख्दै त्यही समाज र समुदायमा रहेका ब्याक्तिहरुलाई स्वास्थ्य सेवा दिइरहेको र अझैपनी बिभिन्न बहानामा अपहेलित हुनुपरेकोमा डा. दिलिपले समाजको नियती परिवर्तन हुन जरुरी रहेको धारणा राखेका थिए |

आफ्नो बल्यकालको संघर्स र कठोर परिस्थितीमा अध्ययन गर्नुपरेको स्मरण गर्दै दलित विद्यार्थीहरु माथि शिक्षकहरुले गरिएका दुर्व्यबहार र भेदभावहरु सम्झन लाएक नभएका र अब दलित विद्यार्थीहरु माथि त्यस्तो व्यबहार नगर्न सुझाएका थिए | भेदभावहरुको बिषयमा आफ्नो भनाइ राख्दै डा. दिलिपले “ कुकूरलाई धॅाटीमा टाइ झुन्ड्याउदैमा त्यो प्रोफेसर हुन्छ “ भन्दै प्रश्न गरेका थिए |

परिस्थितीले र मनस्थितिले बनेका दासहरुको व्याख्या गर्दै दलित समुदायहरुका लागि राज्य र उपल्लो समुदायहरुबाट सकारात्मक सोच हुन जरुरी रहेको एमबिबीएस अन्तिम बर्षका विद्यार्थी रामजी राम चमारले दलित समुदायको हक र हितका लागि अग्रसर केही अभियन्ताहरु दलगत स्वार्थमा लाग्दा दलित अभियान ओझेलमा परेको, दलित कोटामा रहेका विद्यार्थीहरु माथि राज्यले बिभेद गरेको प्रती कडा प्रहार गर्दै गरीब र दलित समाजले बनाएको उल्लेख गरेका थिए |

दलित शब्दलाई समाजले नकारात्मक रुपमा हेरेकाले उपेक्षित र उत्पीडित बर्गमा परेको औल्याउदै कामको एक प्रसंगमा व्याख्या गर्दै “ कर्म गरिरहदा कर्म परिवर्तन भए जात परिवर्तन हुनुपर्छ कि पर्दैन ? “ भन्दै प्रश्न गरेका थिए | दलितहरुको न्यायका निम्ती समाज रुपान्तरण हुन जरुरी रहेको र राज्यले बिभेदकारी निती लागु गर्नु नहुने र नितिमा मात्र हैन कार्यन्वयन समेत राज्य लाग्नुपर्नेमा दुबै अतिथिहरुको जोड थियो |

करिब पौने दुई घण्टा चलेको उक्त कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष केजिन राईले गरेका थिए भने सन्चालनमा काबा महासचिब द्रोण रिजाल लगायत सचिब महेश कुमार खाती, सदस्यहरु रबिचन्द्र भट्टराई, सरला कट्टेल, दिनेश गौतम, जंगम खड्का, राजकुमार थापा, शेर बहादुर परियार, प्रेम पोमु, युबराज फुँयल, प्रेम परियार लगायत पत्रकारहरुको सहभागीता थियो |

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *