देश विदेश

कांग्रेसले नेकपा विभाजनको स्थिति प्रष्ट भइनसकेको अवस्थामा कुनै निर्णय नगर्ने

शेयर गर्नुहोस्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा विभाजनको स्थिति प्रष्ट भइनसकेको अवस्थामा कुनै पनि निर्णय नगर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा प्रतिनिधिसभा पुनःस्थापनापछिको अवस्थाबारे छलफल भएको छ ।फाइल

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्‍ठ नेता रामचन्द्र पौडेलले संसदमा विषय आयो भने संसदमै कांग्रेसले आफ्नो निर्णय गर्ने बताए ।पौडेलले भने, ‘नेकपाको कुरा के हो ? उनीहरु विभाजन भएका हुन् कि होइनन् ? यसबारेमा प्रष्ट हुनुपर्छ । भोलि संसदमा विषय आयो भने हामीले निर्णय गर्ने हो ।’

आफैंले भंग गरेको संसदमा प्रधानमन्त्री नैतिकताका आधारमा पनि जान नमिल्ने उनले बताएका छन् । बैठकमा सभापति शेर बहादुर देउवा, उपसभापति बिजय कुमार गच्छदार, वरिष्ठ नेता रामचन्द्र पौडेल ,महामन्त्री शंशाक कोइरालालगायतको उपस्थिति रहेको थियो ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *