देश विदेश

सर्वोच्चले नेकपा कसको हुने भन्ने निर्णय फागुन २० गते सुनाउने

शेयर गर्नुहोस्

काठमाडौं । ऋषि कट्टेलले दायर गरेको नेपाल कम्युनिष्ट पार्टीको नाममा रहेको विवाद मुद्दामा सर्वोच्च अदालतले फागुन २० गते निर्णय सुनाउने भएको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त मुद्दामा बीहिबार सुनुवाई सकेर  फागुन २० गते निर्णय सुनाउने भएको हो ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको  प्रधानमन्त्री केपी शर्मा ओलीसमूह र पुष्पकमल दाहाल प्रचण्ड- माधव नेपाल समूहले छुट्टाछुट्टै दाबी गर्दै आएको नेकपा निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो ।

निर्वाचन आयोगमा त्यसअघि नै  कट्टेलको नाममा नेपाल कम्युनिष्ट पार्टी दर्ता कायम थियो । आयोगले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  मान्यता दिएपछि कट्टेलले २०७५ साल मंसिरमा रिट दिएका थिए।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/02/230097/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *