देश विदेश

घानामा खोप अभियान सुरु हुँदै

शेयर गर्नुहोस्

आक्र । घानीमा आगामी मार्च २ देखि कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान सुरु गरिने भएको छ । खोप अभियानको सुरुवात भने राष्ट्रपति नाना अड्डो डङ्क्वा अकुफो अड्डोले खोप लगाएर गर्ने तय भएको छ ।

राष्ट्रपतिका स्वास्थ्य मामिला सल्लाहकारले राष्ट्रपतिले लगाएपछि उच्च प्राथमिकताको सूचिमा परेकाहरुलाई कोरोनाविरुद्धको खोप लगाइने जानकारी दिए ।

खोप लगाउनु सुरक्षित हुन्छ भन्ने सन्देश दिनका लागि र खोपप्रति सवैलाई विश्वास दिलाउनका लागि राष्ट्रपतिले आफैले लगाएर सुरु गर्न लागेको पनि उनले स्पष्ट पारे ।

राष्ट्रपतिले नै खोप लगाएपछि आम नागरिकहरु पनि खोप लगाउन प्रोत्साहित हुने सरकारी अधिकारीहरुले अपेक्षा गरेका छन् । खोप लगाएमा स्वास्थ्यलाई फाइदा हुन्छ भन्ने बुझाउन आवश्यक रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

“खोप लगाउन पाउनु राम्रो अवसर हो, त्यसलाई उपयोग गर्नुपर्छ भनेर सवैलाई प्रेरित गर्नु आवश्यक छ, खोप लगाएपछि हामी सवै सुरक्षित हुन्छौँ भन्ने पनि बुझाउनुछ,” उनले भने ।

घानामा बुधबार छ लाख अस्ट्राजेनिका खोप ल्याइएको छ । यो खोप भारतको सेरुम इन्स्टिच्युटले उत्पादन गरेको हो । कोरोनाभाइरसका कारण घानामा अहिलेसम्म ८१ हजार २४५ जना सङ्क्रमित भएका छन् भने ५८४ जनाको मृत्यु भएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *