देश विदेश

दुई दिनमा कोरोनाबाट मृत्यु सङ्ख्यामा ७०१ जना थपिए, अझै बढ्न सक्ने

शेयर गर्नुहोस्

काठमाडाै। कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पुनः थप भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार थप ८३ जनाको कोरोनाले मृत्यु भएको छ । यसअघि बुधबार मात्रै मन्त्रालयले ६१८ जना मृतक थपिएको जानकारी दिएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र कोभिड सङ्कट व्यवस्थापन केन्द्र (क्राइसिस म्यानेजमेन्ट सेन्टर) कोरोनाका कारण मृतकको शव गणनामा अन्तर आएकोमा मन्त्रालयले गठन गरेको छानबिन समितिपछि बिहीबार थप ८३ र बुधबार थप ६१८ जना मृतक थपिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले क्राइसिस म्यानेजमेन्ट सेन्टर र इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रको सिफारिसमा बिहीबारसमेत मृतकको सङ्ख्या संशोधन गरी ८३ जना थपिएको जानकारी दिए । उनले केही सङ्ख्या अझै प्रमाणित हुन बाँकी रहेकोले थप बढ्न सक्ने बताए ।

थपिएका मृतकसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ७६७ पुगेको छ । पछिल्लो दुई दिनमा मन्त्रालयको नियमित तथ्याङ्कभन्दा ७०१ जना मृतक थपिएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *