देश विदेश

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ निष्काशन हुँदै, करिव ६ लाखले पाउने

शेयर गर्नुहोस्

काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले यही फागुन फागुन २३ गते देखि ६६ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६६ करोडको ६६ लाख कित्ता सेयरमध्ये ५ प्रतिशत कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागानी कोषलाई छुट्याईएको छ।

उक्त १० प्रतिशत बाहेक सर्वसाधारणले बाँकी ५९ लाख ४० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

हालै महिला लघुवित्तको आइपीयोमा १५ लाखभन्दा बढीले आवेदन गरेका थिए। यो संख्या दिन बढ्दो क्रममा छ। त्यसैले करिव ४० प्रतिशत आवेदकले यो सेयर हात पार्ने छन्। इन्सोरेन्सको आइपीयो करिव ६ लाखले गोलाप्रथाबाट पाउने छन्।

उक्त आइपीओमा छिटोमा फागुन २८ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन्।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/02/230245/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *