देश विदेश

अकमलमाथि लागेको प्रतिबन्ध छ महिना घटाइयो

शेयर गर्नुहोस्

काठमाडौं । पाकिस्तान क्रिकेट टोलिका ब्याट्सम्यान उमर अकमलमाथि लागेको प्रतिबन्ध छ महिना घटाइएको छ । सन् २०२० को फेब्रुअरी २० मा उनीमाथि १८ महिनाको प्रतिबन्ध लगाइएको थियो । पाकिस्तान क्रिकेट बोर्डका अनुसार उनको प्रतिबन्ध छ महिना कम गरिएपनि करिब २७ हजार अमेरिकी डलर जरिवाना तिर्नुका साथै बोर्डले सञ्चालन गरेको पुर्नस्थापना कार्यक्रममा सहभागी हुनुपर्नेछ । पाकिस्तान क्रिकेट बोर्ड विधानको परिच्छेद २.४.४ ले भ्रष्टाचार गर्न आमन्त्रण गर्ने कार्यको पूर्ण विवरण लुकाइए दोषी ठहरिनेछ । सन् २०२० को जनवरी फेब्रुअरीमा उनी समक्ष म्याच फिक्स गर्ने प्रस्ताब गरिएको थियो । पीसीबीले छानबीन गरेपछि दोषी ठहर हुँदा उनीमाथि प्रतिबन्ध लगाइएको थियो । प्रतिबन्धको क्रममा अकमलले पुनरावलोकन गरे ।

उमर अकमललाई पाकिस्तान सुपर लिगको पाँचौं संस्करण सुरु हुनभन्दा केही घण्टा अघि मात्रै गत् वर्ष निलम्बन गरिएको थियो । खेल हुनुभन्दा अघि उनी समक्ष म्याच फिक्सको प्रस्ताब गरिएको थियो । अकमलले सुरुमा उक्त आरोप स्वीकार गरेपनि पछि आफू दोषी नभएको दाबी गर्दै आएका थिए । बोर्डको प्रतिबन्धपछि अकमलले उक्त मुद्दा खेलकुदको बिवाद मध्यस्थता गर्ने निकायमा लगे । जहाँ उनले राहत पाएका छन । पाकिस्तान क्रिकेट टोलिका मध्यक्रमका ब्याट्सम्यान उमर अकमलले १६ टेष्ट र १२१ अन्तर्राष्ट्रिय एकदिबसीय खेलेका छन ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *