देश विदेश

‘विश्वास मत खेर जाँदैन’

शेयर गर्नुहोस्

गलकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य देबेन्द्र पौडेलले जनताबाट प्राप्त विश्वासको मत खेर जान नदिने बताएका छन् । नेकपा जैमिनी नगरकमिटीले आज कुश्मीसेरामा आयोजना गरेको जनसभामा नेता पौडेलले सरकारलाई काम गर्न कसैले नरोकेको तर्क गरे ।

असंवैधानिक कदम चाल्ने अनि काम गर्न नदिएको भन्ने आरोप झूट भएको बताउँदै सो समूहका गण्डकी प्रदेश इञ्चार्जसमेत रहेका उनले संसद् पुनःस्थापनासँगै जनताको मतलाई थप सदुपयोग गरेर लैजाने प्रतिबद्धता व्यक्त गरे ।

पार्टी केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले वर्तमान समस्या संसद्बाट हल भएर जाने विश्वास व्यक्त गरिन् । प्रचण्ड–नेपाल पक्षधर नेकपालाई संसदीय दलको नेता छान्ने अधिकार रहेको बताउँदै उनले संसदीय दलको नेतासमेत आफुहरूले तय गर्ने बताइन् । उनले सूर्य चिह्न आफुहरूले नै पाउनुपर्ने जिकीर गरिन् । रासस


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/02/230378/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *