देश विदेश

‘विकासको बाधक भ्रष्टाचार’

शेयर गर्नुहोस्

पर्सा । सहरी विकासमन्त्री प्रभु साहले विकासको मुख्य बाधक भ्रष्टाचार र राजनीतिक अस्थिरता भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै वर्तमान सरकारलाई ढाल्ने चलखेल गरेको आरोप लगाए । नेकपा छिपहमाई गाउँपालिका कमिटिले शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री साहले जनमतको अपमान गर्दै राष्ट्रलाई अस्थिरतामा धक्लेनेले जनतासमक्ष माफी माग्नुपर्ने तर्क गरे ।

मन्त्री साहले धार्मिक अस्था र सुविचार आउने थालोको रुपमा चिनिने प्रदेश नं २ को अस्थायी राजधानी जनकपुर प्रदेश सरकारका कारण बदनाम हुँदै गएको आरोप लगाए । उनले पहिले जनकपुर आस्था, सुविचार धर्मको कारणले चिनिने भए पनि पछिल्लो कालखण्डमा त्यसो नभएको बताए । रासस


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *