देश विदेश

एउटी छोरीको जीवन बचाउन आमाबाबुले अर्की छोरीलाई १० हजारमा बेचिदिए

शेयर गर्नुहोस्

काठमाडौं। १६ वर्षीया छोरीको उपचारका लागि पैसा जम्मा गर्न आमाबुबाले आफ्नी १२ वर्षीया कान्छी छोरीलाई छिमेकीलाई बेचिदिएका छन् । भारतको आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा ती मातापिताले आफ्नी छोरीलाई १० हजार रुपैयाँमा बेचेको टाइम्स अफ इण्डियाको रिपोर्टमा जनाइएको छ ।

यो घटना बुधबारको दिन कोटटूरमा भएको थियो तर घटनाको खुलासा बिहीबार राती मात्र भएको थियो । स्थानीय मानिसहरूले एकीकृत बाल विकास सेवा (आईसीडीएस) अधिकारीहरूलाई यस विषयमा जानकारी गराएपछि ती बालिकालाई ४६ वर्षका चिना सुब्बायाबाट उद्धार गरिएको थियो । सुब्बायाले आफूले ती बालिकासँग बिहे गरेको दावी गरेका छन् ।

सुब्बायालाई प्रहरीले पक्राउ गरेको छ। बालिकाका आमाबाबु दैनिक ज्यालादारी कामदार हुन्। प्रहरीले बताएअनुसार सुब्बायाकी पत्नीले वैवाहिक मतभेदपछि उनलाई छोडिसकेकी थिइन् र त्यसलगत्तै सुब्बायाको आँखा ती बालिकामाथि परेको थियो । उनले यसअघि पनि ती १२ वर्षकी बालिकासँग विवाह गर्ने प्रस्ताव उनका आमाबाबुसँग राखेको बताइएको छ ।

‘खरिद’ गरेपछि उनले बालिकासँग विवाह गरेर बुधबार राति नेल्लोरको भिडभालुर मण्डलअन्तर्गत दमपुर गाउँमा आफन्तको घरमा ल्याएका थिए । छिमेकीहरूले त्यो घरमा बालिका चिच्याइरहेको र रुँदै गरेको सुनेका थिए । ‘जब छिमेकीहरू उनको घरमा गए, सुब्बायाहले आफूले गरेको काममा केही गल्ती नभएको जस्तो गरी सबै कुरा स्वीकारे,’ एक आइसीडीएस अधिकारीले भने।

अधिकारीहरूले बालिकालाई जिल्ला बाल हेरचाह केन्द्रमा सारेका छन् । यहाँ उनलाई काउन्सिलिङ गरिँदैछ । अधिकारीहरूले बच्चाका आमाबाबुलाई पनि फेला पारेका छन् ।उनका मातापिताबाट उनीहरुकी जेठी छोरीलाई श्वासप्रश्वाससम्बन्धी रोग लागेको खुलासा भएको छ । ती दम्पतीले उनको उपचार खर्च जुटाउन नसकेपछि कान्छी छोरीलाई बेचेको प्रहरीले बताएको छ । सुब्बायाविरुद्ध मुद्दा दर्ता गरेर सोधपुछ गरिरहेको प्रहरीले बताएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/02/230526/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *