देश विदेश

चाँदी चोर्नको लागि यति धेरै लगानी ! सुरुङ बनाउन डेढ करोडमा छेउको घर नै किने

शेयर गर्नुहोस्

काठमाडौं। एउटा चोरले चोरी गर्नको लागि कतिसम्म लगानी गर्ला । चोरीका लागि ताला फुटाउने, भित्ता फुटाउने सामानहरुको लागि केही हजार वा ठूलै चोरी भए १–२ लाखसम्म लगानी गर्लान् । तर, एउटा घरमा चोरी गर्नको लागि के चोरले डेढ करोड रुपैयाँ लगानी गर्लान् ? यो झट्ट पत्याउन सकिने कुरा होइन तर भारतको राजस्थानको जयपुरमा यस्तै आश्चर्यजनक घटना भएको छ ।

राजस्थानको पिंकसिटी जयपुरमा एक जना नामी डाक्टरको घरमा चोरीको ठूलो घटना भएको छ । बुधबार चोरहरुले नगरका केश प्रत्यारोपण डाक्टर सुनीत सोनीको घरबाट करोडौँ रुपैयाँको चाँदी चोरी गरेका छन् । चोरीको लागि घर नजिकैको खाली जमिन लगभग २० फिट लामो सुरुङ खनिएको थियो। त्यसपछि चोरहरुले ३ वटा फलामे बाकसमा राखिएका चाँदीका वस्तुहरु लिएर गएका छन् ।

शुक्रबार वैशाली नगरस्थित आम्रपाली वृत्तको डी–ब्लकमा बस्दै आएका डा. सोनीले चोरीको उजुरी गरेको जयपुरका एसिपी रायसिँह बेनीवालले बताए । उजुरीमा डा. सोनीले आफू २ दिनअघि घरको बेसमेन्टमा गएको बताएका छन् । त्यहाँ राखिएका चाँदीका गहनाहरू हराएको उनले उल्लेख गरेका छन् । त्यहाँ राखिएका चाँदीका बाकसहरु काटिएका थिए । बाकसमुनि लगभग २ फिट गहिरो खाडल देखियो । अनुसन्धानले खुलेअनुसार लगभग २० फिट लामो सुरुङबाट चाँदी चोरिएको थियो ।

वैशाली नगरका प्रहरी चौकी इन्चार्ज अनिल जेमनले भने, डा. सोनीले चोरीको उजुरीमा चोरी भएको चाँदीको तौल र मूल्य भने खुलाएका छैनन् । उनले चाँदीका गहनाहरू चोरी भएको मात्र रिपोर्ट गरेका छन्। प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा बेसमेन्टमा रहेका तीनवटा फलामे बाकसमा धेरै क्विन्टल चाँदी रहेको दाबी गरेको छ । यी बाकसहरू भुइँमा बनाइएका थिए र बाकसमाथि टाइल राखेर पक्की भुइँ बनाइएको थियो ।

पुलिसका अनुसार यो बस्तीमा डा. सोनीको घरको ठीक पछाडि घर नम्बर डी–१३५ छ। यो घर जनवरी ४ मा बनवारी लाल जांगिड नाम गरेका व्यक्तिले करिब ९० लाख भारतीय रुपैयाँमा किनेका थिए । यही घरको एउटा खाली कोठाबाट भुइँमा लगभग चार फिट गहिरो सुरुङ खनिएको थियो । चोरले लगभग २० फिट लामो सुरुङ खनेर डाक्टरको बेसमेन्टमा पुगेका थिए । चोरहरूले जमिनमा भएका बाकसहरूमा रहेका चाँदीका गहनाहरू चोरे त्यसपछि माटो हालेर सुरुङ बन्द गरे र भुइँमा टाइलहरू पनि राखिदिए ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/02/230558/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *