देश विदेश

कुन्दन सिंहको स्मृतिमा एकदिवसीय क्रिकेट प्रतियोगिता हुने

शेयर गर्नुहोस्

काठमाडौं । महात्तरीमा स्व. विशाल गप्ता एवं कुन्दन सिंह मेमोरियल जिल्ला अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता महोत्तरीको जलेश्वर रंगशालामा चैत्र २२ हुने आज भएको पत्रकार सम्मेलनमा जिल्ला क्रिकेट संघ महोत्तरीका अध्यक्ष रोशन कुमार सिंहले जानकारी दिए ।

प्रतियोगिता ५० ओभरको हुनेछ । अनुमानित बजेट ३२ लाखको लागतमा हुने उक्त प्रतियोगिता विजेताले नगद रु एक लाख एक हजार तथा दोश्रो हुने टिम लाई ५१ हजारका साथै ट्रफी मेडेल र सर्टिफिकेट प्रदान गरिनेछ । यस्तै म्यान अफ द सिरिज हुनेलाई रु २० हजार, वेस्ट व्याट्सम्यानलाई र बलरलाई समान १० हजार, इमर्जिंग प्लेयरलाई १५ तथा तथा म्यान अफ द म्याच हुुनेलाई रु २५ सय प्रदान गरिनेछ ।

यस प्रतियोगिताको लागी पालिकाहरुले आवेदन वुझाउने मिति फागुन २० देखि चैत्र १० गतसम्म रहेको आयोजकले जानकारी दिएको छ । यस्तै खेल तालिका, पोशाक वितरण तथा ट्रफी उद्घाटन चैत्र १५ गते हुने र सोही मितिमा कप्तान, टिम प्रशिक्षक, टिम व्यवस्थापक र टेक्नीकल कमिटीको वैठक समेत बस्नेछ ।

यो प्रतियोगितामा महोत्तरी जिल्ला भरीका १५ ओटै नगरपालिका तथा गाउँपालिकालाई समावेश गराउने लक्ष्यका साथ गाउँ गाउँ टोल टोलबाट नयाँ उर्जावान, गुणवान खेलाडी उत्पादन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पु¥याउने लक्ष्य राखेको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *