देश विदेश

महावीर पुनको आविष्कार केन्द्रलाई आर्थिक सहयोग

शेयर गर्नुहोस्

काठमाडौं। ‘जागरुक युवा समाज नेपाल’ नामक कतारमा कार्यरत युवाहरुको समूहले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ। कतारमा कार्यरत नेपालीहरुको समूहले आविष्कार केन्द्रलाई शुक्रबार एक लाख रुपैयाँ हस्तारण गरेको हो। उक्त रकम आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई हस्तारण गरिएको समूहका संयोजक दिपक ढकालले बताए।

उनले आविष्कार केन्द्र राष्ट्रिय मुद्दासँग जोडिएकोले सहयोग अभियान चलाइएको बताए। सम्पूर्ण नेपालीहरुको गौरवको रुपमा पुनले नेपालका लागि नै काम गरिरहेकोले सहयोग गरिएको उनको भनाई छ।

कतार एयरवेजमा कार्यरत मनकारी युवाहरुले सहयोग अभियान मार्फत आविष्कार केन्द्रलाई सहयोग गरेको हो। सहयोग हस्तारण समितिका संयोजक दिपक ढकाल र अन्य सदस्यहरु सञ्जीव कुमार रंजितकार, विनोद सुवेदी, देवलाल श्रेष्ठ, आशिष उपाध्यायलगाएत सदस्यहरुको उपस्थितिमा रकम हस्तारण गरिएको थियो।

राष्ट्रिय आविष्कार केन्द्रले चलाएको अर्थ सकंलन अभियानमा विभिन्न संघसंस्था र व्यक्तिले सहयोग गर्दै आएका छन्। सामाजिक अभियान्ता समेत रहेका पुनले आविष्कार केन्द्रको लागि अपेक्षित रकम नजुटेपछि आफूले पाएका पदक तथा पुरस्कार बिक्रीमा राखेका थिए।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *