देश विदेश

चितवन भेटेरान कपको उपाधि कालभैरव हेटौँडालाई

शेयर गर्नुहोस्

चितवन । दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कपको उपाधि कालभैरव हेटौँडाले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा बुटवल उपमहानगरपालिका भेट्रान बुटवललाई टाइब्रेकरमा पराजित गर्दै कालभैरव हेटौँडाले उपाधि हात पारेको हो ।

भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलको टाइब्रेकरमा कालभैरव हेटौँडा ४–२ ले विजयी भयो । कालभैरव हेटौँडालाई जिताउन गोलरक्षक रामराज लामाले टाइब्रेकरमा बुटवलको दुई प्रहार बचाए । उनले दोस्रो र चौथो प्रहार रोके ।

त्यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको १४औँ मिनेटमा भरतकुमार कैचा थापाले गोल गर्दै बुटवललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा नै कालभैरव हेटौँडा खेलमा फर्कियो । पहिलो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा नरेश थापाले कालभैरव हेटौँडाका लागि बराबरी गोल गरे ।

उपाधिसँगै कालभैरवले रु एक लाख ५१ हजार प्राप्त गरेको छ । उपविजेतामा सिमित बुटवलले रु ७५ हजारमा चित्त बुझाएको छ । कालभैरव हेटौँडाका नरेश थापा प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद रु १० हजार प्राप्त गरे । यस्तै चितवन भेट्रान रातोका रवीन्द्र श्रेष्ठ सर्वाधिक गोलकर्ता भए । उनले प्रतियोगिताभर सात गोल गरेका थिए । उनले सातै गोल उद्घाटन खेलमा जनकपुर भेट्रानविरुद्ध गरेका थिए ।

कालभैरवका रामराज लामा उत्कृष्ट गोलरक्षक, कालभैरवकै एजेन लिम्बू उत्कृष्ट डिफेन्डर र बुटवलका भरतकुमार कौचा थापा उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरुले नगद रु पाँच/पाँच हजार प्राप्त गरे । चितवन भेट्रान क्लबको आयोजनामा भएको प्रतियोगितामा भारतको एकसहित १४ टोली सहभागी थिए ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *