देश विदेश

नक्कली सुन देखाई ७ लाख ठगी गर्ने पक्राउ

शेयर गर्नुहोस्

सिन्धुपाल्चोक । नक्कली सुन देखाई ७ लाख रुपैयाँ ठगी गरी फरार रहेका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ८ बस्ने ३८ वर्षीय जित बहादुर तामाङलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको छ ।

बलेफी गाउँपालिका ४ टुनीबोटबाट गत असोज ३० गते नक्कली सुन देखाई उक्त नगद ठगी गरी फरार रहेका तामाङलाई ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले बाह्रबिसे नगरपालिका ८ मानेश्वरामा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/02/230629/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *