देश विदेश

३५.६५ ले घटे नेपाल आउने विदेशी कामदार

शेयर गर्नुहोस्

काठमाडौं। नेपालमा रोजगारीका लागि विभिन्न मुलुकबाट आउने नयाँ विदेशी कामदारको संख्या घटेको पाइएको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्म नयाँ विदेशी कामदारको संख्या ३५ दशमलव ६ प्रतिशतले घटेको पाइएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो ।

विभागका अनुसार माघ मसान्त ९७ महीना० सम्म ५०४ जना नयाँ विदेशी कामदारले नेपालमा काम गर्न श्रमस्वीकृति लिएका छन् । गत आवको सोही अवधिमा भने ७८३ जना नयाँ विदेशी कामदार रोजगारीका लागि नेपालमा आएका थिए ।

यस्तै यस अवधिमा नेपालमै कार्यरत ७९३ जना विदेशी कामदारले आफ्नो श्रमस्वीकृति नवीकरण गराएका छन् । गत आवको सोही अवधिमा ६२९ जनाले आफ्नो श्रमस्वीकृति नवीकरण गराएका थिए । गत आवभर भने १ हजार ९१ जनाले नयाँ श्रमस्वीकृति र ९५९ जनाले श्रमस्वीकृति नवीकरण गराएको विभागको तथ्यांकमा उल्लेख छ ।

हाल नेपालमा भारत, चीन, अमेरिका, अस्ट्रेलियालगायत ८० भन्दा बढी देशका १६ हजार ३७८ जना कामदार कार्यरत छन् । नेपालमा सबैभन्दा बढी कामदार चीनबाट आएको श्रम विभागको भनाइ छ । यी औपचारिक रूपमा श्रमस्वीकृति लिएर नेपालमा काम गर्दै आएका कामदार हुन् । दक्षिण छिमेकी मुलुक भारतका कयौं कामदार श्रमस्वीकृति नलिई नेपालको विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् । आर्थिक अभियान दैनिकबाट


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *