देश विदेश

झोले

शेयर गर्नुहोस्

लोकतन्त्रमा होस् या मुलुकको कुनै पनि शासन व्यावस्थामा जनता र सरोकारवालाहरूले आफ्नो विचार राख्न पाउनु सकारात्मक पक्ष तथा नैसर्गिक हकअधिकारको हो भन्ने म सोच्ने गर्दछु। यसैले आफूले लागेको कुरा बेलाबेला सन्जालमा नि राख्दछु।

आज पनि घतलाग्दो कुरामा समर्थन जनाउँदै एउटा लेख पोस्ट गरे। कमेन्टमा कसैले समर्थन गर्दै आफ्नो कुरा राखे भने कोहीले चै आलोचना गर्दै आफ्नो कुराहरू व्यक्त गरे । आखिर सन्जाल न हो। एउटा फेक आइडीबाट भने चै खुब गालीको वर्षा नै प्राप्त गरे।

फेक आइडीबाट गाली गर्ने को होलान् भनेर मनमा निकै गड्यो । गम्भीर अनुसन्धान गरे कतैबाट पनि मैले पत्तो लगाउन सकिन । यसैले सम्बन्धित निकायमा गोप्य हिसाब बुझ्दा मात्रै पत्तो लाग्यो । यसैले कतै मुख खोलिन । उपयुक्त समयको प्रतीक्षामा नै बसे।

आज म नजिक आएर उसले भन्यो– दाइ, पर्सि हाम्रो पाटीको कार्यक्रम छ । त्यसका लागि सहयोग साथै उपस्थित भैदिनुपर्यो।

मौकाको सदुपयोग गर्दै मैले भने– मलाई चै फेसबुकमा नै लेखेको आधारमा भन्ने वास्तविक झोले त तिमी आफै रहेछौ नि।

मैले फर्काएको वचनले ऊ शिर निहुरयाउँदै भाग्यो।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक https://nagariknews.nagariknetwork.com/arts/468191-1614497488.html

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *