देश विदेश

अन्योलमा नेकपा (प्रचण्ड–माधव नेपाल) समूह

शेयर गर्नुहोस्

काठमाडौं। प्रतिनिधिसभा पुुनःस्थापना भएपछि सहजै केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्ने र आफुू अनुकुल नयाँ सरकार बनाउने योजनामा रहेको नेकपा –प्रचण्ड–नेपाल) समूह अलमलमा परेको छ।

फागुन ११ मा प्रतिनिधिसभा पुनः स्थापनाको फैसला आउँदाको खुसियाली मनाउँदै लड्डु खाँदै अबिर जात्रासम्म गरेको यो समूह अहिले संविधान र कानुनको प्रावधानको खोजीमा जुटेको छ। यसको उद्देश्य ओली सरकार तुरुन्तै र सजिलै विस्थापित गर्नु हो।

तर, यस्तो दफा र प्रावधान संविधानको धारामा भेटिएको छैन। प्रतिनिधिसभा पुनःस्थापना भएपछि (प्रचण्ड–नेपाल) समूहलाई लागेको थियो, प्रधानमन्त्री ओलीले निरीह भएर वा नैतिकताका आधारमा राजीनामा दिन्छन्। तर यस्तो संकेत प्रधानमन्त्री ओलीले देखाएका छैनन्।

प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने बरु, संसदको समाना गर्ने बताएपछि प्रचण्ड–नेपाल समूहलाई सकस परेको छ। कानुनी र संवैधानिक जटिलताका कारण प्रधानमन्त्री ओलीलाई हटाउन सकस पर्न थालेको छ। अहिलेको ४ अवस्थामा प्रधानमन्त्री पदबाट मुक्त हुन्छन्।

अहिलेसम्मको अवस्था हेर्दा प्रधानमन्त्री ओलीले राजीनामा नदिएर संसदको सामना गर्ने बताइसकेको अवस्थामा बल कांग्रेसको कोर्टमा पुगेको छ। कांग्रेस पदाधिकारीको बैठकले नेकपा विभाजनले औपचारिकता नपाएसम्म आफूले नेकपाका दुवै समूहसँग सहकार्य नगर्ने निर्णय गरेको छ।

प्रधानमन्त्रीले राजीनामा दिएमा, प्रधानमन्त्रीको मृत्यु भएमा,प्रधानमन्त्री सांसद नभएमा र प्रधानमन्त्री विरुद्ध प्रतिनिधिसभामा अविस्वासको प्रस्ताव बहुमतले पारित भएमा मात्रै प्रधानमन्त्री पदमुक्त हुने व्यवस्था छ। प्रतिनिधिसभा पुनःस्थापना भएसँगै प्रधानमन्त्री ओलीलाई पद मुक्त गराउने एकमात्र कानुनी उपाय प्रधानमन्त्री बिरुद्ध प्रतिनिधिसभामा अविस्वासको प्रस्ताव वहुमतले पारित गराउनु हो।

अहिलेसम्मको अवस्था हेर्दा प्रधानमन्त्री ओलीले राजीनामा नदिएर संसदको सामना गर्ने बताइसकेको अवस्थामा बल कांग्रेसको कोर्टमा पुगेको छ। कांग्रेस पदाधिकारीको बैठकले नेकपा विभाजनले औपचारिकता नपाएसम्म आफूले नेकपाका दुवै समूहसँग सहकार्य नगर्ने निर्णय गरेको छ।

यस्तो अवस्थामा २३ गते बस्ने संसद बैठकसम्म निर्वाचन आयोगले आफ्नो निर्णय सुनाएन भने कांग्रेसले नेकपाका कुनै पनि समूहसँग सहकार्य गर्ने छैन। यस्तो अवस्थामा प्रधानमन्त्री विरुद्ध संसदमा अविश्वको प्रस्ताप पेश भएपनि त्यो पारित हुने अवस्था देखिँदैन।

शुक्रबार आरआर क्याम्पसमा भएको कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले जंगली प्रवृत्तिबाट गाली गर्दैमा प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताइसकेका छन्। त्यस्तै अर्का नेता टोपबहादुर रायमाझीले ओली पक्ष नेता सांसदहरु निर्वाचन, सदन र हर क्षेत्रमा भिड्न तयार रहेको बताएका छन्।

कांग्रेसले औपचारिक रुपमा विभाजन नभएसम्म कुनै पनि समूहलाई सहयोग गर्न नसकिने निर्णय गरेपछि जसपासँग सत्ता समिकरणको प्रस्ताव गरेको प्रचण्ड–नेपाल समूहलाई जसपा नेताहरुले पनि पार्टी अधिकारिकताको प्रश्न तेस्र्याएपछि प्रचण्ड–नेपाल समूह अन्योलमा परेको हो।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *