देश विदेश

छालाको जुत्ता

शेयर गर्नुहोस्

भाटभटेनीको ठूलो भवनछेउको त्यो जमघट । उनीहरूका बिचमा एक जना उद्घोषक थिए । उद्घोषक त्यो भीडलाई कहिले ताली बजाउ, कहिले नारा लगाउ भन्दै थिए । भीड त्यस्तै गर्दै थियो । भीडको ताली र जयकार नाराले प्रफुल्लित सम्माननीय भद्रलोक एकजना निकै चर्को स्वरमा केही भन्दै थिए – हामी तपाईंहरूबाट केही लिन आएका हैनौ । हामी तपाईंहरूलाई केही दिन आएका । हामी तपाईंहरूलाई केही न केही दिएर जान्छौं।

फेरि ताली र जयकारले भाटभटेनीछेउको त्यो ठाउँ मुखरित भयो।

भाटभटेनी हलको भित्र पसेकाहरूलाई पनि बाहिरको भीड र चर्को आवाजले आकर्षण गरेको भित्ते सिसाबाट हेर्दा बुझ्न सकिन्थ्यो।

उद्घोषक सम्माननीय अतिथिहरूलाई धन्यवाद दिँदै थिए । भीड पातलिँदै थियो । त्यतिखेरै मञ्चतिर एक्कासि एउटा जुत्ता बर्सियो। अर्को जुत्ता गल्लीको कुकुरले लग्यो । ती जुत्ता भद्रलोकका थिए ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक https://nagariknews.nagariknetwork.com/arts/468531-1614516756.html

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *