देश विदेश

क्यालिफोर्नियामा झनै खतरनाक कोरोना भेटियो, दक्षिण अफ्रिकी स्ट्रेनभन्दा ११ गुणा खतरा

शेयर गर्नुहोस्

काठमाडौं। पछिल्लो पटक दक्षिण अफ्रिकामा भेटिएको कोरोनाभाइरसको नयाँ भेरिएन्टलाई अहिलेसम्मकै खतरनाक मानिँदै आइएकोमा अब त्योभन्दा पनि खतरनाक भेरिएन्ट भेटिएको छ । एउटा अध्ययनले दाबी गरेअनुसार क्यालिफोर्नियामा भेटिएको कोभिड भेरिएन्ट दक्षिण अफ्रिकी भेरिएन्टभन्दा ११ गुणा बढी खतरनाक भएको एक अध्ययनले देखाएको छ ।

द सनमा प्रकाशित रिपोर्टअनुसार यो चिन्ताजनक म्युटेशन अमेरिकामै विकसित भएको मानिएको छ । सान फ्रान्सिस्कोको युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकहरुले गरेको अध्ययनअनुसार यो नयाँ स्ट्रेनबाट संक्रमित बिरामीमा पहिलो पटक वुहानमा भेटिएको भाइरस स्ट्रेनबाट संक्रमित बिरामीमा हुने भाइरल लोड भन्दा दोब्बर भाइरल लोड हुने पाइएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *