देश विदेश

प्रशान्त महासागरको बीचमा फोहरको पोको समातेर १४ घण्टासम्म बाँचिरहे

शेयर गर्नुहोस्

काठमाडौं। एक व्यक्ति जहाजबाट समुद्रमा खसेपछि समुद्रमा तैरिरहेको एउटा फोहरको पोको समातेर १४ घण्टासम्म जीवित रहन सफल भए । भिदम परभर्तिलोभ सिल्भर सपोर्टर नामक जहाजका चिफ इन्जिनियर हुन् । हालै उनी आफ्नो जहाजबाट प्रशान्त महासागरमा खसेका थिए । उनी पानीमा खस्दा उनको शरीरमा लाइफ ज्याकेट थिएन ।

केही दूरीमा उनले कालो रंगको केही चिज देखे । उनलाई यी माछा मार्ने कुनै व्यक्ति भएजस्तो लाग्यो तर त्यो समुद्रमा तैरिरहेको फोहर थियो । यही पोकोले उनको जीवन १४ घण्टासम्म बचाएको छ । उनी यही पोको समातेर १४ घण्टासम्म समुद्रमा तैरिरहे । भिदोमका अनुसार त्यो फोहरको पोको केही चिजसँग जोडिएको थिएन ।

सिल्भर सपोर्टर जहाज लिथुआनियाको हो । यो जहाजले बेलायतको पिटकेर्यन बन्दरगाह र न्यूजिल्याण्डको तारुङगा बन्दरगाहबीच कार्गो ओसारपसार गर्छ । १६ फेब्रुअरीका दिन रातको पौने ४ बजेतिर भिदमलाई निद्रा र थकान महसुस भएपछि उनी खुल्लामा हावा खान आएका थिए । यही बेला शरीर तन्काउँदै गर्दा उनी समुद्रमा खसे ।

६ घण्टापछि मात्रै जहाजका कर्मचारीले भिदोम जहाजमा नभएको थाहा पाए । जहाजलाई तुरुन्तै फर्काइयो । आसपासका जहाजहरुलाई आकस्मिक सन्देश पठाइयो । ताहितीमा रहेका फ्रान्सका नौसैनिक पनि भिदोमको खोजीमा लागे । १४ घण्टापछि सिल्भर सपोर्टरका एक कर्मचारीले कसैको आवाज सुने । टाढा समुद्रबाट एक व्यक्तिले जहाजतर्फ हात हल्लाइरहेका थिए । अन्ततः थकित भिदोमको उद्धार भयो ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *