देश विदेश

शहीद स्मारक ‘बी’ डिभिजन लिगः खुमलटार र ब्वाइज युनियन विजयी

शेयर गर्नुहोस्

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएका खेलमा खुमलटार युथ क्लब र ब्वाइज युनियन क्लब आआफ्नो खेलमा विजयी भएका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा खुमलटारले झम्सिखेल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । खुमलटारका लागि महेश राईले निर्णायक गोल गरेका हुन् । उनले खेलको तेस्रो मिनेटमा नै गोल गरे ।

जितसँगै खुमलटारले आठ खेलमा १९ अङ्क जोडेको छ । खुमलटारले शीर्ष स्थानमा रहेको सातदोबाटोसँग बराबरी गरेको छ । यस्तै आठ खेलमा ६ अङ्क जोडेको झम्सिखेल लिगको दशौँ स्थानमा छ । लिगको आज भएको अर्को खेलमा ब्वाइज युनियन क्लबले नयाँबस्ती युवा क्लबलाई ३–० गोल अन्तरले पराजित ग¥यो । एन्फा कम्प्लेक्सको मैदानमा भएको उक्त खेलमा ब्वाइजका लागि मिलन लिम्बूले ह्याटिक गरे । उनले खेलको २१औँ मिनेटमा पहिलो गोल गरेका थिए । यस्तै पहिलो हाफको इन्जुरी समयमा उनले दोस्रो गोल गरे भने खेलको ५७औँ मिनेटमा तेस्रो गोल गरे ।

नयाँबस्तीका खेलाडीले गोल फर्काउन सकेनन् । जितसँगै ब्वाइजले आठ खेलमा १४ अङ्क जोडेको छ । ब्वाइज लिगको चौथो स्थानमा उक्लेको छ । यस्तै नयाँबस्ती आठ खेलमा ११ अङ्क जोड्दै लिगको पाँचौँ स्थानमा छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/02/230927/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *