देश विदेश

योगेश भट्टराई चढेको गाडीले रौतहटमा साइकल यात्रीलाई ठक्कर दियो

शेयर गर्नुहोस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराई चढेको गाडी दुर्घटना भएको छ। जनकपुरबाट हेटौंडातर्फ जाँदै गरेका बेला भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडीले साइकल यात्रीलाई ठक्कर दिएको छ ।

करिब सभा ७ बजेतिर रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले डिसी नेपाललाई बताए ।

एसपी शाहका अनुसार घाइते घिमिरेको ढाड र छातीमा चोट लागेको छ। उनलाई उपचारका लागि काठमाडौं पठाइएको एसपी शाहले बताए


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *