देश विदेश

बिनसित्ति अर्काको कुरा काट्ने गर्छन् मान्छेहरू

शेयर गर्नुहोस्

१)

बिनसित्ति अर्काको कुरा काट्ने गर्छन् मान्छेहरू,

केही स्वार्थमा मन – मुटु साट्ने गर्छन् मान्छेहरू ।

इमान,जमान र इमानदारीता गुमाएकालाई के भन्नु,

मौका पाए कसैको थुक पनि चाट्ने गर्छन् मान्छेहरू।

२)

आफ्नै बनाउँछु भनी नजिक वरवर तान्यौ तिमीले,

प्रेमको शहरमा आफूलाई जान्नेसुन्ने ठान्यौ तिमीले ।

छटपटिंदै ,खटपटिंदै बाँची नै रहेको थिएँ,

मुटु नै झिकेर फालिदिने कस्तो तरिका जान्यौ तिमीले।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक https://nagariknews.nagariknetwork.com/arts/468781-1614570208.html

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *