देश विदेश

राष्ट्रपतिले बोलाइन फागुन २३ मा संसद अधिवेशन

शेयर गर्नुहोस्

फागुन १७, काठमाडौँ । राष्ट्रपति विद्या देवी भण्डारीले फागुन २३ गते ४ बजे संसद महाधिवेसन आह्वान गरेकी छिन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेको थियो ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाको फागुन २३ गते ४ बजे अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए । गत ५ पुसमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेकी थिइन् ।

तर फागुन ११ गते सर्वोच्च अदालतको संवैधानिक इजालसले सरकारको उक्त निर्णय बदर गर्दै १३ दिनभित्र अधिवेशन बोलाउन आदेश दिएको थियो ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *