देश विदेश

धादिङमा डोजरले फालेको माटाले पुरिएर एक महिलाको मत्यु

शेयर गर्नुहोस्

फागुन १७, धादिङ । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर आज अपराह्न एक महिलाको मत्यु भएको छ । सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पुरिएर त्रिपुरासुन्दरी -१ की ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको हो ।

सडक निर्माणका क्रममा माटो फालिरहेका बेला बाटो पार गर्नेक्रममा कुमाल पुरिनुभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । शव परीक्षणका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *