देश विदेश

आफूमाथि शाररिक हमला हुनसक्ने प्रधानमन्त्रीको दाबि

शेयर गर्नुहोस्

फागुन १७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शाररिक आक्रमण हुनसक्ने बताएका छन् । सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओली समूहका अध्यक्ष ओलीले आफूमाथि सम्पूर्ण रुपले प्रहार भएको बताएका हुन्।

May be an image of 1 person and standing

उनले अत्यन्तै तीव्र रुपमा आफूमाथि सम्पूर्ण रुपले प्रहार भएको बताएका छन् । ओलीले शारीरिक हमला भए ज्यान तलमाथि भए पनि अनौठो नमान्न भनेका छन् । ‘ म माथि सम्पूर्णरुपले प्रहार भएको छ,शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्न’ ओलीले भने,‘म रहिन भने पनि केही छैन, पार्टी छ । आन्दोलन छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन ।’

ओलीले उक्त सभालाई सम्बोधन गर्ने क्रममा हरेक परिस्थितिको सामना गर्ने बताए ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *