देश विदेश

साग बेचेर कापि कलम जुटाउदै

शेयर गर्नुहोस्

दान बहादुर बुढा । फागुन १८ मुगु । मुगुको छाँयानाथ रारा नगरपालिका वडा नं ५ मा जन्मनु भएकी श्रृष्टी कार्की हिजो आज आफ्नो पढाई खर्च जुटाउनको लागी साग बेचेर कापि कलम जुटाउर्ने गरेकी छन ।

जन्मेको गाँउमा नजिकै रहेको श्री नेपाल राष्ट्यि आधारभुत विद्यालयकि कक्षा ७ मा अध्यनरत छात्रा श्रृष्टि कार्की आफ्नो पढाई खर्च लाई जुटाउन विहान बेलुका पख सदरमुकाम गमगढी बजार धाउने गरेकि छन् । घरमा आर्थिक अवस्था कमजोर भएको र घरमा पनि पढाई खर्च जुटाउने अन्य कुनै स्रोत नदेखे पछि आफैले उत्पादन गरेको तरकारी साग, धनिया लगायत दर्जनौ प्रकारका तरकारी बेचेरै पढाई खर्च जुटाउर्ने गरेका कार्कीले बताइन ।

‘म विहान ६ बजे देखि ९ बजे सम्म र बेलुका ५ बजे देखि ६ सम्म प्रत्येक दिन तरकारी बेच्नै तिरै समय दिने गरेको छु । आफुले यति समय नदिऊ भने मेरो पढाई खर्च आउदैन’ उनले भनिन , ‘यो साग बेचे पछि एक मुठाको ५ देखि १० रुपैयाका दरले बजारमा बिक्री गर्ने गरेको छु । एक डोका बाट करिब १ सय देखि ५ सय सम्म मात्र कमाई हुन्छ ।’ साग बेचेरै आफुले पठनपाठनमा र लुगा र अन्य घर खर्च चलाउनमा ठुलो सहयोग मिलेको कार्किले आफ्नो अनुभव सुनाइन ।

घरमा बुवा आमा बुढा हुनुहुन्छ कमाउने मान्छे पनि कोही छैनन् । जसो तसो भए पनि विगत देखि हाँल सम्म यसरीनै पढाई खर्च टार्दे आईरहेको बताईन । उनले थपिन शनिवारको दिनमा सरसफाई गर्ने , विद्यालयमा दिएका गृहकार्य गर्ने र साथीहरु सँग खेल्ने कुरा त परै जावस बढि समय तरकारी तिर र बचेको समय पठन पाठनमा प्रयोग हुर्ने गरेको पनि बताईन यी श्रृष्टि एक मात्र नमुना हुन मुगु जिल्लाको सदरमुकाम गमगढी बजार नजिकै रहेका दर्जनै बस्ती का बालबालिकालाई खेल्नको चिन्ता होईनकि कापि कलम कसरी जुटाउने र पढ्ने लेख्ने भन्ने चिन्ताले बढि पिरोल्ने गरेको सोही विद्यालयमा शिक्षक जनक बहादुर रावलले बताएका छन ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *