देश विदेश

पर्यटक आवगमन बढ्दो

शेयर गर्नुहोस्

काठमाडौं। जनजीवन सामान्य बन्न थालेसँगै नेपालमा पर्यटकको संख्या बढ्न थालेको छ। जनवरीको तुलनामा फेव्रुअरी महिनामा हवाईमार्गबाट आउने यात्रुको संख्यामा वृद्धि भएको अध्यागमन विभागले जनाएको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण त्रासका कारण सरकारले गत चैत ११ गते लकडाउन सुरु गरेको थियो। त्यसपछि ठप्प भएको पर्यटक आगमन हाल आएर क्रमशःबढ्ने क्रममा रहेको छ।

अध्यागमन विभागका अनुसार फेव्रुअरी महिनामा कुल ९ हजार १ सय ४६ पर्यटक नेपाल भित्रिएका छन्। यो संख्या गत जनवरीको महिनामा २ सय ७२ जनाले धेरै हो।

यो संख्या सन् २०२० को यसै अवधिको तुलनामा भने निकै कम हो। सन् २०२० को सोही अवधिमा ७३ हजार भन्दा धेरै पर्यटक नेपाल आएका थिए। सन् २०२० को फेव्रुअरी महिनामा भारतबाट मात्र १४ हजार ८ सय ४० पर्यटक नेपाल आएका थिए।
यो एक महिनाको अवधिमा सबैभन्दा बढी पर्यटक भारतबाट भित्रिएका छन्। भारतबाट ४ हजार सात सय ६३ जना नेपाली आएको अध्यागमन विभागले जनाएको छ।

त्यस्तै, दोस्रो धेरै पर्यटक आउने मुलुकमा अमेरिका रहेको छ। यो अवधिमा अमेरिकाबाट एक हजार एक सय २० जना पर्यटक नेपाल आएका छन्। यस्तै क्रमशः चीनबाट सात सय ८ जना, बेलायतबाट ५ सय २४ जना र बंगलोशबाट १ सय ५६ जना पर्यटक नेपाल आएका छन्।
विभागले दिएको तथ्यांक अनुसार युरोपका सबै मुलुकबाट फेव्रुअरीमा १ हजार १ सय ४२ जना पर्यटक नेपाल आएका छन्।

विभागका अनुसार जनवरीमा विदेशबाट नेपाल आउने नेपाली नागरिकको संख्या विदेशिने नेपालीको तुलनामा बढी देखिएको छ। भारतसगँका सिमाना खोलेसँगै एक महिनामा पर्यटक आवागमनमासमेत वृद्धि भएको छ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *