देश विदेश

थप ७८ जनामा कोरोना, सक्रिय संक्रमित ९ सय ७४

शेयर गर्नुहोस्

काठमाडौं । मंगलबार नेपालमा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार २९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९ सय ७४ रहेको छ । पछिल्लो २४ घण्टामा ७२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ५४३ पुगेको छ । हालसम्म कोरोनाको कारण २ हजार ७७७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट शून्य मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, हालसम्म ५८ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ७० हजार ११२ जनाको पीसीआर परीक्षण गरिएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/03/231363/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *