आवश्यक परेमा पार्टी आधिकारिकताका सबै प्रमाण निर्वाचन आयोगमा पेश गरिने छः नेपाल

शेयर गर्नुहोस्

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने जिकिर गरेका छन् । नेपाल प्रेस सङ्गठन मोरङद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले बहुमत सदस्य आफूहरुका पक्षमा रहेको पनि जिकिर गर्दै पार्टीका अधिकारिकता विषयमा समस्या नहुने विचार राखे ।

नैतिकताको हिसाबले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने धारणा पूर्वप्रधानमन्त्री नेपालले राखे । निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका विषयमा चिठ्ठी नै लेखेर पठाइसकिएको बताउँदै नेता नेपालले आवश्यक परेमा पार्टी आधिकारिकताका सबै प्रमाण पेश गरिने छ भने ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *