देश विदेश

युरोपका देशहरुलाई आदेशः ‘आफूसँग भएको भ्याक्सिन प्रयोग गर, नभए गरिब देशलाई देऊ’

शेयर गर्नुहोस्

काठमाडौं। ४.८५ मिलियन डोज कोरोना भ्याक्सिन प्रयोग नगरी स्टकमा राखिरहेका युरोपेली संघ अन्तर्गतका देशहरुलाई आफूसँग भएको भ्याक्सिन तत्काल प्रयोग गर्न नभए गरिब देशहरुलाई दिन आदेश दिइएको छ । मेट्रोको रिपोर्टअनुसार युरोपमा हरेक ५ मध्ये ४ भ्याक्सिन फ्रिजमा छन् जबकि अन्य १३० देशहरुले अहिलेसम्म एक डोज पनि भ्याक्सिन पाएका छैनन् ।

‘यो दर बढ्न दिनुभन्दा अब नयाँ आपूर्ति सबै न्यून आम्दानी भएका देशहरुमा पठाइनेछ’ युरोपियन इन्स्टिच्युट पोलिसी ग्रुपका निर्देशक प्राध्यापक एडम टुजले भने ‘हामीले भ्याक्सिन मानिसको पाखुरामा दिनुपर्छ । प्रयोग नगरिएका भ्याक्सिन अपराध बराबर हुन् ।’ जर्मनीका वैज्ञानिक कार्सेल वाट्जले एक टेलिभिजन कार्यक्रममा जर्मन चान्सलर एन्जेला मर्केललाई अक्सफोर्ड एस्ट्राजेनेकाको भ्याक्सिन लिएर जनतामा विश्वासको वातावरण बनाउन र ६५ वर्षमाथिकालाई यो भ्याक्सिन नदिने नीति पुनर्विचार गर्न आग्रह गरेका थिए । फ्रान्सका राष्ट्रपति इमानुएल म्याकोनले पनि यो भ्याक्सिन ६५ वर्षमाथिकालाई नदिने पक्ष लिएका थिए ।

युरोपेली युनियनमा भ्याक्सिन अभियान निकै सुस्त गतिमा चलिरहेको छ । युरोपेली संघका देशहरुसँग कूल ६.१३ मिलियन डोज भ्याक्सिन भएपनि अहिलेसम्म १.२८ मिलियन डोज मात्र मानिसहरुलाई दिएएको छ र बाँकी सबै भ्याक्सिन फ्रिजमै छ । भ्याक्सिन रोलआउट सुस्त भएपछि अहिले युरोपियन कमिशनकी अध्यक्ष उर्सुला भोन डेल लेयिनको तीब्र आलोचना भइरहेको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *