देश विदेश

कानुन मिचेर बिएण्डसी कलेजलाई सम्बन्धन दिन लागेकोप्रति कांग्रेसको आपत्ति

शेयर गर्नुहोस्

फागुन १८, काठमाडौँ । नेपाली कांग्रेसले झापास्थित प्रस्तावित बिएण्डसी कलेजलाई एमबिबिएसको सम्बन्धन दिने काठमाडौँ विश्वविद्यालयसभाको निर्णयमा सरकारले हस्तक्षेप भन्दै आपत्ति जनाएको छ ।

कांग्रेस केन्द्रीय शिक्षा विभागले आज विज्ञप्तिमार्फत सरकार आफँैले बनाएका ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरीत हस्तक्षेप भएको आरोप लगाएको छ ।

प्रक्रिया मिचेर विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गर्दै राजनैतिक दबाब सिर्जना नगर्न विभागका सचिव डा कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा सरकारलाई सचेत गराइएको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *