देश विदेश

जंगी अड्डामा आजदेखि पृतनापति समन्वयात्मक बैठक

शेयर गर्नुहोस्

काठमाडौं। नेपाली सेनाले सैनिक मुख्यालय जंगी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक गर्दैछ। महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा हुन लागेको उक्त बैठकमा पृतनापतिबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तु स्थिति प्रतिवेदन पेश हुने सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जनाएको छ।

महानिर्देशनालय र विभागीय प्रमुखबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भएरगरेका कार्यबारे प्रस्तुतीकरण एवं छलफल हुनेछ । सेनाले वार्षिक रुपमा दुई पटक पृतना बैठक गर्दै आएको छ। सेनाका सातै प्रदेशमा एक–एक तथा काठमाडौँ उपत्यकामा एक पृतना छ। सेनाको पृतनाको नेतृत्व उपरथीबाट हुँदै आएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *