देश विदेश

सम्बन्ध

शेयर गर्नुहोस्

विदाको दिन उत्सवले साथीको मोबाइल लोकेशन ट्रयापिङ गरयो । गोदावरी लोकेशन देखायो । कलेजको सबभन्दा मिल्ने साथी यसरी बिना जानकारी घुम्न गएको कुराले चकित परयो । मनको कौतुहलता मेट्न फोन गरयो – हेलो, अ‍ो गाइच कता ?

– बोटानिकल पार्क, गोदावरी । गाइच ।

– हामीलाई बिर्सेको !

– अँ यार गाइच यस्तै भयो । सरी ल ।

साथीको रहस्यमय जवाफले उत्सवलाई झन् एक्साइटेड बनायो । बाइक स्टार्ट गरयो । ऊ पनि गोदावरीतिर हुइँकियो । बाइक पार्किङ गरयो । साथीलाई सरप्राइज दिने उद्देश्यले फोन नगरी बिस्तारै चियो गर्दै पार्कतिर लाग्यो । अलि पर पुगेपछि अनौठो दृश्य देख्यो।

आयुष र लुनिभा एक अर्काको अँगालोमा कसिएर चुम्बनमा मस्त थिए । एउटा फोटो खिच्यो । सपनाजस्तै लाग्यो । ऊ फरक्क फर्कियो।

टेन्सन भयो। रेष्टुरेन्ट छिरयो । टेन्सन दूरको अ‍ौषधि लियो । झन्– झन् टन्सन नजिक भयो । फोन गरयो – हेलो, मेरो राजा कता गायब हो । कल पर्खिदा – पर्खिदा म कति हैरान भैसके । लुनिभाको एकोहोरो रटानले झन् आगाोमा घिउ थप्यो । केही जवाफ नफर्काई फोन काट्यो । लुनिभाले कल ब्याक गरी तर फोन उठेन।

– के भयो ? किन रिसाको राजा ? म्यासेज आयो।

– मेरो बिहे हुने भयो । मेरी उनीको फोटो राखेर फेसबुकमा निमन्त्रणा पठाको छु । म्यासेज फर्कायो ।

हतार– हतार लुनिभाले फेसबुक खोल्दा ‘चुम्बनवाली’ क्याप्सन लेखिएको लुनिभा र आयुषको फोटो भाइरल भइसकेको थियो ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक https://nagariknews.nagariknetwork.com/arts/470771-1614760549.html

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *