देश विदेश

निर्देशक अनुराग कश्यप र अभिनेत्री तापसी पन्नुको घरमा छापा

शेयर गर्नुहोस्

मुम्बइ। बलिउड निर्देशक अनुराग कश्यप, अभिनेत्री तापसी पन्नु र मधु मनटेनाको घरमा आयकर विभागले छापा मारेको छ । मधु मनटेनाको ट्यालेन्ट म्यानेजमेन्ट कम्पनी क्वानको कार्यालयमा पनि आयकर विभागका अधिकारी पुगेका छन् । यो छापामारी फ्यान्टम फिल्मको कर छलीको विषयमा जाँचको क्रममा भएको बताइएको छ ।

आयकर विभाग सूत्रका अनुसार कर छलीको विषयमा फ्यान्टम फिल्मसँग सम्बन्धित व्यक्तिहरुमाथि आयकर विभागको छापामारी भएको हो । यसमा अनुराग कश्यप, तापसी पन्नु, विकास बहलसहितका सेलिब्रेटी छन् । आयकर विभागको टिमले मुम्बइ, पुणे लगायत २० स्थानमा एकसाथ छापा मारेको बताइएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *