देश विदेश

बुङ्गलको खोल्लेकमा नगर स्तरीय खेलकुद प्रतियोगिता आयोजना

शेयर गर्नुहोस्

फागुन १९, बझाङ । बुङ्गल नगरपालिका खेकुद विकास समितिले माध्यामिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । सुदूरपश्चिमको मिनी खप्तड उपनामले चिनिने खोल्लेकमा चैत दोश्रो सातादेखि प्रतियोगिता सुरु गरिने भएको हो ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद ‘ भन्ने नाराका साथ् प्रतियोगिता आयोजना गरिएको समितिले जनाएको छ । वडा न ३ स्थित नवनिर्मित मैदानमा खेलहरु सम्पन्न गरिने समितिका अध्यक्ष धनशेर ओखेडाले बताए ।

समितिका अनुसार प्रतियोगितामा विभिन्न दूरीका दौड, हाइजम्प, लङ्जम्प, त्रिपलजम्प,ज्याब्लिङ थ्रो, ह्याम्वरस थ्रो, सटपुट भलिवल लगायत खेल हुने छन् भने नगरभरिका माध्यामिक तहसम्मका विद्यार्थीहरु सहभागि हुन पाउने छन् ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व युवा तथा खेलकुद राज्य मन्त्री नरेश बहादुर सिंह र विशिष्ट अतिथि नगर प्रमुख धनबहादुर बिष्ट रहने समितिका सदस्य एवम् तरुण दल बुङ्गल नगरकमिटि अध्यक्ष शेर बहादुर कुँवरले जानकारी दिए ।

उक्त प्रतियोगितामा खेलाडीहरुलाई सहभागिताको लागि समितिले आह्वान गरेको छ । निर्माण सम्पन्न गरिएको पहिलोपटक खेलकुद विकास समितिले उक्त मैदानमा खेल आयोजना गर्न लागेको हो ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *