देश विदेश

गोङ्गबु हत्याकाण्डमा संलग्न कल्पना मुडभरीलाई आजीवन कारावास, छोरीलाई सफाइ

शेयर गर्नुहोस्

काठमाडौं । गत साउन २५ गते काठमाडौको गोङ्गबुमा कृष्णबहादुर बोहोराको हत्या घटनामा संलग्न अभियुक्त कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको सजाय सुनाइएको छ भने छोरीलाई सफाइ दिइएको छ ।

जिल्ला अदालत काठमाडौंले अभियुक्त मुडभरीलाई आजीवन कारावासको सजाय सुनाएको हो । अदालतले अभियुक्त मुडभरीलाई अपराधी ठहर गर्दै आजीवन कारावासमा राख्ने फैसला सुनाएको काठमाडौ जिल्ला अदालतले जनाएको छ ।

गोङ्गबुमा कृष्णबहादुर बोहरालाई कल्पनाले आफ्नै कोठाभित्र हत्या गरेकी थिइन्। बोहोराको शव शरीर र टाउको छुट्टिएको अवस्थामा विष्णुमति किनारमा फेला परेको थियो । कल्पनाले बोहराको घाँटी रेटी हत्या गरेर शरीर टाउको छुट्टा छुट्टै सुटकेशमा हाली खोलामा फालेकी थिइन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले कल्पनालाई जीवनभर कारावासको सजाय सुनाएको छ भने उनकी छोरीलाई सफाइ दिने फैसला गरेको छ । साथै मृतक कृष्णबहादुर बोहराको परिवारलाई राज्यकोषबाट ५५ हजार रुपैयाँ राहत उपलब्ध गराउने आदेश दिएको छ ।

दाङका ४५ वर्षीय कृष्णबहादुर बोहरा र चितवनकी ३७ वर्षीय कल्पना मुडभरीबीच प्रेमसम्बन्ध रहेको तर सम्बन्धमा उतारचढाव आएपछि बोहराको हत्या गरेको कल्पनाले अदालतसमक्ष स्वीकार गरेकी थिइन् । दहीमा ५ वटा स्लिपिङ ट्याब्लेट घोलेर खुवाएपछि बेहोस बनेका बोहरालाई पछि अण्डकोषमा हम्मरले हानेर हत्या गरेकी थिइन् । त्यसपछि शव व्यवस्थापन गर्न बाथरुममा टुक्रा–टुक्रा पारेर सुटकेशमा हालेकी थिइन् । हत्याको करिब ७ महिनापछि नै जिल्ला अदालत काठमाडौंले कल्पनालाई आजीवन कैद फैसला सुनाएको हो ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *