देश विदेश

चन्द्रमाको यात्रामा जान ईच्छुक आठजनाको खोजी गर्दै जापानी अर्बपति

शेयर गर्नुहोस्

बीबीसी । जापानका एक अर्बपति युसाका माएजावाले आफूसँग चन्द्रमाको यात्रा गर्नका लागि विश्वभरीबाट आठ जना सर्वसाधारणलाई आमन्त्रण गरेका छन्। उक्त यात्रा इलोन मस्कको स्पेसएक्स रकेटमा हुनेछ।

‘म चाहन्छु यसमा विभिन्न पृष्ठभूमिका मानिस जोडिउन्,’ उनले ट्वीटरमा राखिएको भिडिओमा भनेका छन्। उनले त्यसकालागि त्यहाँ आवेदन भर्ने विवरणहरू पनि राखेका छन्। उनले पूरै यात्राकोलागि आवश्यक खर्च आफूले गर्ने र अन्य सहभागीको यात्रा निस्शुल्क हुने पनि बताएका छन्

डियरमून नामक अन्तरिक्ष मिसन सन् २०२३ मा उड्ने तय गरिएको छ। ‘उक्त मिसनमा भाग लिनका लागि आवेदकहरूले दुईवटा मापदण्ड पूरा गर्नुपर्नेछ। उनीहरू जुनसुकै गतिविधि मा भए पनि उनीहरूले अन्य मानिस र बृहत समाजलाई कुनै न कुनै रूपमा सहयोग गर्नुपर्नेछ, र त्यस्तै धारणा राख्ने यात्राका अन्य सदस्यहरूलाई सहयोग गर्न ईच्छुक हुनुपर्नेछ’, उनले भने।

‘मैले सबै सिटहरू किनिसकेको छु, त्यसैले यो यात्रा निजी हुनेछ,’ उनले थपे। फेशन दुनियाँका ती धनाढय र कला संकलकले यात्राका लागि यसअघि आफूले कलाकारहरूलाई आमन्त्रण गर्न चाहेको बताएका थिए।

तर अब भने यात्रामा समावेश हुन विश्वभरका मानिसहरूलाई मौका दिने उनले बताएका छन्। ‘यदि तपाईँले आफूलाई कलाकारका रुपमा हेर्नुहुन्छ भने तपाईँ कलाकार नै हो,’ उनले भने। गत वर्ष, उक्त यात्रामा आफूसँग समावेश हुनका लागि उनले नयाँ केटीसाथीको पनि खोजी गरेका थिए तर पछि उनले त्यो योजना रद्द गरे।

सन् २०१८ मा, एलन मस्कको स्वामित्वको कम्पनी स्पेसएक्सले उनीहरूले चन्द्रमाको परिक्रमा यात्रामा लैजाने पहिलो निजी यात्रुका रुपमा माएजावाको नाम छानेको थियो। अन्तरिक्षमा जानका लागि माएजावाले कति रकम तिरे भन्ने खुलाइएको छैन। तर मस्कका अनुसार त्यो धेरै ठूलो रकम थियो। सन् २०२३ का लागि योजना गरिएको यो मिसन सन् १९७२ पछिको मानवको पहिलो चन्द्रमायात्रा हुनेछ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *