देश विदेश

खर्च नभएर उपचार गर्न नसकेका नेपाली युवालाई बलिउड अभिनेता सोनु सूदले सहयोग गर्ने

शेयर गर्नुहोस्

काठमाडौं। बलिउड अभिनेता सोनु सूदले एक नेपाली युवालाई उपचारमा सघाउने भएका छन् । अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा उपचार गराउनका लागि खर्च नभएर सोनुसँग सहयोग मागेका ती युवालाई सोनुले सहयोग गर्ने बचन दिएका छन् ।

टाइम्स अफ इण्डियाका अनुसार नेपाली युवा मधु पौडेल विगत १० वर्षदेखि एंकिलोजिङ स्पोन्डिलाइटिसबाट पीडित छन् । एम्सका डाक्टरहरुले उनलाई शल्यक्रिया गर्नुपर्ने बताएका छन् । तर, मधुसँग शल्यक्रिया गर्नको लागि खर्च नभएपछि उनले सोनुसँग सहयोग मागेका थिए । सोनुले पनि हार्दिकतापूर्वक जवाफ दिँदै भनेका छन् ‘पाहुला भगवानजस्तै हुन्छन् । तपाइँ कुनै लठ्ठीको सहाराबिना भारतबाट नेपालसम्म दौडिँदै जान सक्नुहुनेछ ।’


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *