देश विदेश

स्वास्थ्य मन्त्रालयले फेरी सच्यायो कोरोनाबाट मृत्यु हुनेको तथ्यांक, मृतकको संख्या ३०१० पुग्यो

शेयर गर्नुहोस्

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोनाबाट मृत्यु हुनेको तथ्यांक दोस्रोपटक सच्याएको छ । कोरोना महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांक पूनः सच्याएको मन्त्रालयले जनाएको छ ।

योसँगै बुधबार मृतको संख्या २३३ जना थपिएका छन्। हालसम्म कोरोनाको कारण ३ हजार दश जनाको मृत्यु भएको छ । यसअघि फागुन १२ गते मन्त्रालयले ६१९ जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

बुधबार नेपालमा ३ हजार ३९९ जनाको पीसीआर परीक्षण गर्दा थप ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ३८१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ७ सय ६६ रहेको छ । पछिल्लो २४ घण्टामा ६२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ६०५ पुगेको छ ।

यस्तै, हालसम्म ५९ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ७३ हजार ५११ जनाको पीसीआर परीक्षण गरिएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *