देश विदेश

बेपत्ता छोरीको खोजी गरिदिन बुवाको आग्रह

शेयर गर्नुहोस्

काठमाडौं । गत साउन १७ गतेदेखि बेपत्ता बर्दिया ठाकुरबाबा नगरपालिका–१ की २२ वर्षीया तुलसी तिमल्सिनाको खोजी गरिदिन आग्रह गरिएको छ ।

बेपत्ता तुलसीका आफन्तले आज पत्रकार सम्मेलन गरी उनका बारे सत्यतथ्य खोजी गरिदिन आग्रह गरेका हुन् । तुलसीका बुवा शिवराज तिमल्सेनाले गत साउन १७ गते तुल्सीलाई अछाम मङ्गलसेन नगरपालिका वडा नं ६ बस्ने भरत भण्डारीले भगाएर अछाम लगेको र मङ्सिर पहिलो हप्ता भारत लगेर बेपत्ता बनाएको बताए ।

तुलसीका काका कृष्ण तिमिल्सेनाले बेपत्ता भएको लामो समय दिँदा पनि अहिलेसम्म यथार्थ जानकारी नआएको भन्दै सत्यतथ्य पत्ता लगाउन सरकारसमक्ष माग गरे ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/03/231718/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *