कोरोना

दैनिक बढ्दै छ कोरोना, बुधबार ३२३ मा कोरोना

शेयर गर्नुहोस्

४ मार्च २०२१/ लिमासोल

साइप्रसमा कोरोना संक्रमण पुन: बढ्न थालेको छ।  लकडाउन खुलाउने दोस्रो चरण सम्म प्रतिदिन ८८ देखि १३० सम्म भेटिरहेको कोरोना संक्रमण गत हप्ता देखि उछाल आएको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ३२३ मा संक्रमण पुस्टि भएको छ।  बुधबार एक दिन मै ३३ हजार भन्दा बढी परिक्षण गरिएको थियो। गत वर्ष देखि हाल सम्म को कोरोना संक्रमितको संख्या ३५,६२० पुगी सकेको छ।

कोभिड १९ का कारण बुधबार कुनै पनि मृत्यु नभएको जानकारी प्राप्त भएको छ।  तर अस्पताल भर्ना हुने को संख्या भने बढ्दो छ।  हाल अस्पतालमा ८९ जना भर्ना भएका छन् जसमध्य २२ जाको अवस्था गम्भीर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  ति २२ मध्ये ४ जनालाई आइसीयु मा राखिएको छ भने अन्य ९ जनालाई एच सी यु मा राखिएको छ।

मन्त्रालयका अनुसार बुधबार ३० हजार एन्तिजेन र्यापिड टेस्ट र २९२९ पिसिआर टेस्ट गरिएकोमा र्यापिउड टेस्ट बाट १८४ मा पोजेटिभ केस फेला परेको थियो।

यता, टर्किले कब्जा गरेको उत्तरी साइप्रसमा पनि एक को मृत्यु  भएको छ भने २७ नया कोरोना बिरामी फेला परेका छन्। उत्तरी साइप्रसमा पनि २४ जनाको मृत्य भै सकेको छ भने ३५ सय जना मा संक्रमण भैसकेको छ।

यो पनि पढ्नुहोस् : पापोस र लिमासोलमा चोरी, एक पक्राउ

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *