देश विदेश

१ हजारले घट्यो सुनको मूल्य,कति पुग्यो प्रतितोला ?

शेयर गर्नुहोस्

फागुन २०, काठमाडौँ । बिहिबार सुनको मूल्य घटेको छ । हिजोको तुलनामा आज प्रतितोला रु १ हजारले घटेर छापावाल सुनको मूल्य ८६ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बुधबार छापावाल सुन तोलामा ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने सुनको मूल्य प्रतितोला ५ सयले बढेको थियो । यस्तैआज तेजावी सुनको भाउ ८६ हजार ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

आज चाँदीको चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । बुधबार १३ सय १५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको प्रतितोला बिहीबार १२८५ रुपैयाँमा कारोबार भएको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *