देश विदेश

युएई स्थित दूतावासले प्रदान गर्ने सेवाहरु के-के छन्,श्रमिकले गुनासो कसरी राख्ने ?

शेयर गर्नुहोस्

फागुन २०, काठमाडौँ । संयुक्त अरब इमिरेट्स नेपालीहरुका लागि बैदेशिक रोजगारको आकर्षक गन्तव्य मानिएको छ । पछिल्लो समय रोजगारीको क्रममा युएई जाने श्रमिकहरुको संख्या पनि बढी नै रहेको छ ।

यसरी रोजगारीको खोजीमा विदेश गएका वा युएईमा रहेका नेपालीहरुलाई युएई स्थित दूतावासले विभिन्न सेवा प्रदान गर्दै आएको छ । दूतावासका अनुसार रोजगारीमा गएका श्रमिकहरुले श्रमसम्बन्धी गुनासाहरू राख्न सक्नेछन् ।

मृतकका कानूनी हकदारले क्षतिपूर्ति लगायतका रकमको लागि आवेदन,पुरानो राहदानीका आधारमा नयाँ राहदानीका लागि सेवाग्राहीहरुले आवेदन दिनसक्ने छन् ।

युएई स्थित दूतावासले प्रदान गर्ने सेवा र आवश्यक कागजातको बारेमा हेर्नुहोस तलको सूचिमा :

सेवा किसिमहरू
(Types of Service)
आवश्यक कागजातहरू
(Required Documents)
शुल्क
(Fees in AED)
सेवा प्रदान गर्दा लाग्ने समय
(Time for service delivery)
सम्बन्धित कर्मचारी
(Concerned Official)
कार्य समय
(Working Hours)
कैफियत
(Remarks)
पुरानो राहदानीका आधारमा नयाँ राहदानीका लागि आवेदन
  • रीतपूर्वक भरिएका राहदानी फाराम दुई प्रति
  • हाल प्रयोग भइरहेको राहदानी र सोको प्रतिलिपि
  • नागरिकताको प्रमाणपत्र र सोको प्रतिलिपि,
२००

१००

आवेदन गरेको मितिले साधारणतया १ महिना तृतीय सचिव

कोठा नं. ५

फाराम बुझाउने समय- बिहान ९:३० देखि दिउँसो १:३० सम्म ।

राहदानी वितरण गर्ने समय- दिउँसो २ देखि ४ सम्म ।

राहदानी फाराम

http://nepalpassport.gov.np बाट डाउनलोड गर्न

सकिनेछ ।

निवेदक स्वयम् उपस्थित हुनुपर्नेछ

नाबालकलाई लिएर अभिभावक स्वयं उपस्थित हुनुपर्नेछ ।

नाबालकको नयाँ राहदानीका लागि आवेदन
  • रीतपूर्वक भरिएका राहदानी फारम दुई प्रति
  • युएइको परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासबाट प्रमाणित जन्मदर्ता प्रमाणपत्र र सोको प्रतिलिपि
  • नावालकका बाबु र आमा दुवैको नागरिकता, राहदानी, भिसा र विवाह दर्ताका प्रतिलिपिहरू
हराएको, जलेको, च्यातिएको, केरमेट भएको वा अन्य कारणले बिग्रिएको राहदानीको सट्टा नयाँ राहदानीको लागि आवेदन
  • रीतपूर्वक भरिएका राहदानी फारम दुई प्रति
  • हराएको राहदानीको प्रतिलिपि
  • नागरिकता प्रमाणपत्रको सक्कल र प्रतिलिपि
  • इमिरेट्स आइडीको सक्कल र प्रतिलिपि
  • रोजगारदाताबाटै हराएको भएमा निज/कम्पनीको पत्र
  • राहदानी हराएको हकमा सोको प्रहरी प्रतिवेदन
४००
राहदानीको म्याद समाप्त भएको वा हराएको तर तुरुन्तै नेपाल जानुपर्ने भएको अवस्थामा नेपाल जाने प्रयोजनका लागि एकतर्फी यात्रा अनुमतिपत्र (One-way Travel Document)
  • रीतपूर्वक भरिएको फाराम
  • युएइको भिसाको प्रतिलिपि
  • पुरानो राहदानी वा नागरिकताको प्रतिलिपि
आवेदन गरेकै दिन तृतीय सचिव
(कोठा/काउन्टर नं. ४)
फाराम बुझाउने समय- बिहान ९:३० देखि दिउँसो १:३० सम्म ।

यात्रा अनुमतिपत्र वितरण गर्ने समय- दिउँसो २ देखि ४ सम्म ।

राजदूतावासमा फाराम नि:शुल्क उपलब्ध छ ।

युएइको जेल र राजदूतावासका सुरक्षित आवास गृहमा रहेका नेपालीहरूका लागि युएइको सम्बन्धित निकायबाट नेपाली नागरिक भएको पहिचान खुल्ने कागजातहरूको प्रतिलिपि प्राप्त भएपछि मात्र नेपाल फर्किने प्रयोजनका लागि नि:शुल्क यात्रा अनुमतिपत्र जारी गरिनेछ ।

अधिकृत वारिसनामाको प्रमाणीकरण (Attestation of Power of Attorney)
  • तोकिएको ढाँचामा रीतपूर्वक तयार गरिएको अधिकृत वारिसनामाको लिखतको सक्कल दुई प्रति र निवेदन
  • अधिकृत वारिसनामा दिने र लिने दुवै व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्र र राहदानीको सक्कल र प्रमाणित प्रतिलिपि
  • अधिकृत वारिसनामा दिने व्यक्तिको इमिरेट्स आइडी र युएइको भिसाको प्रमाणित प्रतिलिपि
  • जग्गा बेचबिखनसम्बन्धी अधिकृत वारिसनामा भएमा जग्गा धनी प्रमाणपत्र को सक्कल र सोको प्रमाणित प्रतिलिपि
  • सम्बन्ध विच्छेदको हकमा विवाह दर्ताको सक्कल प्रमाणपत्र र सोको प्रमाणित प्रतिलिपि
  • अदालतमा चलिरहेको मुद्दाको हकमा अदालतमा पेस भएको फिरादपत्र, निवेदन आदिको प्रमाणित प्रतिलिपि

३७ ० आवेदन गरेकै दिन कोठा नं. ११ पहिला नै लिएको समयबमोजिम अधिकृत वारिसनामाको प्रमाणीकरण राजदूत वा निजको अनुपस्थितिमा कार्यवाहक राजदूतबाट मात्रै हुने भएकाले अनिवार्य रूपमा पहिला नै समय लिएर मात्रै सो सेवा लिन आउनुपर्नेछ ।

(Appointment basis)

शैक्षिक प्रमाणपत्र/लब्धाङ्क पत्र तथा सवारी चालक अनुमति पत्रको प्रमाणीकरण
  • रीतपूर्वक भरिएको आवेदन फाराम
  • प्रमाणपत्र/लब्धाङ्क पत्र/सवारी चालक अनुमति पत्रको सक्कल र प्रतिलिपि
  • इमिरेट्स आइडी र युएइ भिसाको प्रतिलिपि
प्रतिपृष्ठ १५०

(विद्यार्थीहरूको हकमा प्रतिपृष्ठ २०)

आवेदन गरेकै दिन

कोठा नं. ४

फाराम बुझाउने समय- बिहान ९:३० देखि दिउँसो १:३० सम्म ।

प्रमाणित कागजात वितरण गर्ने समय- दिउँसो २ देखि ४ सम्म ।

राजदूतावासमा फाराम नि:शुल्क उपलब्ध छ ।

कागजात पेस गर्नुपूर्व नेपालमा जारी भएका कागजातहरूको हकमा नेपालको कन्सुलर सेवा विभाग, काठमाडौंबाट र युएइमा जारी भएका कागजातहरूको हकमा युएइको परराष्ट्र मन्त्रालयको कन्सुलर विभागबाट अनिवार्य रूपमा प्रमाणीकरण भएको हुनुपर्नेछ।

जन्म तथा विवाह दर्ता प्रमाणपत्रहरूको प्रमाणीकरण
  • रीतपूर्वक भरिएको आवेदन फाराम
  • प्रमाणपत्रको अनुवादित सक्कल र प्रतिलिपि
१५०
प्रहरी प्रतिवेदन र मेडिकल रिपोर्ट
  • रीतपूर्वक भरिएको आवेदन फाराम
  • प्रहरी प्रतिवेदन/मेडिकल रिपोर्ट अनुवादित सक्कल र प्रतिलिपि
१९०
श्रमसम्बन्धी गुनासाहरू
  • सम्भव भएसम्म इमिरेट्स आइडी र युएइ भिसाको प्रतिलिपि
  • रोजगारदाता/कम्पनी वा अन्य सम्बन्धित व्यक्तिको नाम र सम्पर्क नम्बर
नि:शुल्क कोठा नं. १० र १२ दूतावासमै उपस्थित भएर वा टेलिफोनमार्फत गुनासो गर्दा कार्यालय समयमा गर्नुपर्नेछ। दूतावासमै उपस्थित भएर वा टेलिफोन वा इमेल वा गुनासो पेटिकामार्फत समस्याबारे जानकारी गराउन वा गुनासो गर्न सकिनेछ।
मृतकका कानूनी हकदारले क्षतिपूर्ति लगायतका रकमको लागि आवेदन
  • कन्सुलर सेवा विभागबाट प्रमाणित नाता खुल्ने कागजातको सक्कल
  • नागरिकता, राहदानी वा नाबालकको हकमा नाबालक परिचयपत्रको प्रतिलिपि
नि:शुल्क कोठा नं. ११ युएइको अदालतलगायतका निकायहरूको निर्णयका आधारमा क्षतिपूर्ति प्राप्त हुन लाग्ने समय यकिन हुनेछ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *