देश विदेश

थाहा नगरपालिकामा ८० प्रतिशत निजी आवास पुनःनिर्माण

शेयर गर्नुहोस्

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा गोरखा भूकम्पयता पाँच वर्षको अवधिमा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ। पुनःनिर्माण प्राधिकरणका इञ्जिनीयर परवेज खानका अनुसार नगरपालिकामा सम्झौता गरेका लाभग्राहीमध्ये पाँच हजार १०९ परिवारले तेस्रो किस्तााबापतको अनुदान रकम बुझिसकेका छन्।

नगरपालिकामा भूकम्पबाट सात हजार ९८ परिवारको निजी आवास पूर्ण क्षतिको सूचीमा परेकामा उनीहरुमध्ये छ हजार ५७१ ले पुनःनिर्माणका लागि सम्झौता गरेका थिए। बाह्र वटा वडा रहेको नगरपालिकामा वडा नं ८ मा सबैभन्दा बढी निजी आवास पुनःनिर्माण भएको नगरपालिकाका प्रमुख लवशेर विष्टले जानकारी दिए। सो वडामा ९२ प्रतिशत निजी आवास पुनःनिर्माण सकिएको छ। त्यसैगरी सबैभन्दा कम मात्रामा निजी आवास पुनःनिर्माणको काम वडा नं ४ मा भएको देखिएको छ। सो वडामा ५७ प्रतिशत मात्र निजी आवासको पुनःनिर्माण कार्य सम्पन्न भएको छ।

थाहा नगरपालिकामा पूर्ण क्षतिको लाभग्राही सूचीमा परेकामध्ये हालसम्म ५२७ भूकम्पपीडितले अनुदान सम्झौता नै गरेका छैनन् । उनीहरुका लागि सम्झौता अवधि समाप्त भइसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइ मकवानपुरले जनाएको छ।रासस


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *