देश विदेश

दुई दिन मै विप्लव समूहसँग कसरी भयो सहमति?

शेयर गर्नुहोस्

काठमाडौं। बुधबारदेखि औपचारिक वार्तामा बसेका सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच बिहीबार तीन बुुँद सहमति भयो। यो सहमतिसँगै विप्लव नेतृत्वको नेकपालाई खुला राजनीतिमा आउन सहज भएको छ। सरकारले बिहीबार नै प्रहरीलाई विप्लव समूहका नेता कार्यकर्ता पक्राउ नगर्न निर्देशन दिएको छ।

तीन बुँदे स सहमतिमा विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यममार्फत गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने तथा सम्पूर्ण बन्दीलाई रिहाइ गर्ने र मुद्दा खारेजी गर्ने सहमति भएको छ।

सहमतिको विस्कृत विवरण शुक्रबार दिउँसो दुई बजे विशेष समारोहबीच सार्वजनिक गरिने सहमति भएको छ। यो सहमतिसँगै विप्लव समूह खुला राजनीतिमा आएको छ। यो महत्वपूर्ण उपब्धी हो।

दुई वर्ष अगाडि विप्लव समूहका गतिविधिलाई शंकास्पद भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सरकारले यसअघि पनि विप्लव समूहसँग वार्ताको पहल गरेको थियो। तर सो प्रयासले मुर्त रुप लिन सकेको थिएन। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विप्लव समूहसँग वार्ताको प्रयासले गति लिएको थियो। पूर्व माओवादी पृष्ठ भूमिका मन्त्रीहरुले वार्ताको पहल गरेका थिए। र उनीहरुको पहलले सार्थकता पनि पाएको छ।

स्रोतका अनुसार विप्लव समूहक महासचिव विप्लव काठमाडौं आसपासमै रहेको र भोलि काठमाडौं प्रवेश गर्नेछन्। ‘धेरै विषय उहाँले भोलि नै सम्वोधनका क्रममा भन्नु हुनेछ,’ विप्लव समूहका एक नेताले डिसी नेपालसँग भने, ‘हाम्रा राजनीतिक मुद्दाका विषयमा केही सहमति भइहालेको स्थिति होइन। अब जनवादी सत्ता स्थापना गर्ने र वैज्ञानिक समाजवाद लागू गर्ने विषयमा खुला बहस गर्ने वातावरण बनेको छ।’

 


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/03/231843/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *