प्रवाससाइप्रस न्युज

विश्व भरका सारा गुल्मेलीहरु एकिकृत हुनुपर्ने

शेयर गर्नुहोस्

निकोसिया ,साईप्रस
गुल्मेलीहरु अन्तरराष्टिय स्तरमा एकिकृत गर्न सक्षम भएको एक कार्यक्रमका वक्ताहरु बताएका छन । गुल्मी सेवा समाज साईप्रसले आयोजना गरेको पहिलो भर्चुवल टिकटोक प्रतियोगिता कार्यक्रममा सारा गुल्मी जिल्लाबासीहरु एकिकृत हुनुपर्ने बताएका हुन ।

गुल्मेलीपन , संस्कृति को जर्गेना र भाईचाराको सु सम्बन्ध बृद्धि गर्ने हेतुले स्थापना भएको गुल्मी सेवा समाजले साईप्रसमा रहेका विभिन्न समाजिक सघंसस्थाहरुसगं सहकार्य गरेर आफनो कार्यक्रम, सहयोग लगाएतका कार्यहरु गर्दै आएको समाजका अध्यक्ष श्यामलाल नेपालीले जानकारी दिनुभयो ।

समाजकी नुनु परियारको संचालन तथा गुल्मी जिल्ला समाज बेलायतका अध्यक्ष टोप बहादुर पल्लीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा समाजका प्रमुख सल्लाहकार एवमं संरक्षक धतानन्द पाण्डे , गुल्मी जिल्ला समाज बेलायतका महासचिव विर बराल , गुल्मी जिल्ला समाज बेलायतका रुद्र थापा ,पत्रकार महासघं युरोप शाखाका सदस्य दिनेश गौतम , गुल्मी सेवा समाजका मनोज पन्त, सन्दीप गौतम, सरीता शेन ठकुरी, रितु मगर, सीता गाहा मगर, प्रकाश बिक ,पारु थापा मगर, राज शर्मा , मोहन महत लगाएतहरु सहभागिता रहेको थियो ।

आन्तरिक टिकटक प्रतियोगितामा प्रथम मोहन महत ,द्धितियमा राज शर्मा ,तृतीयमा थापा मगर ,र चौथोमा प्रकास विक हुनु भएको थियो । गुल्मी सेवा समाजका अध्यक्ष श्यामलाल नेपालीले आगामी दिनहरुमा विभिन्न देशमा छरिएर रहनु भएका गुल्मेली ब्याक्तित्व र त्यहाँ खोलिएका सँगठनसङ्ग सहकार्य गरि एकमुस्ट रुपमा दिन दुखी,असाय तथा पिडित पक्षहरुलाई मलम पट्टी लगाउने र अन्तराष्ट्रिय रुपमै सवै गुल्मेली संस्था एकिकृत भइ अगाडि बड्नुपर्ने जोड दिनुभएको थियो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *