देश विदेश

थप १०७ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ७ सय ९५

शेयर गर्नुहोस्

काठमाडौं । बिहिबार नेपालमा थप १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ४८८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ७ सय ९५ रहेको छ । पछिल्लो २४ घण्टामा ७८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ६८३ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट शून्य मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, हालसम्म ५७ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ७९ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *